चैत्र २८
छत्रकोट गाँउपालिका
नेपाल कम्युनिष्ट पार्टी नेकपा छत्रकोट गाँउपालिका गुल्मीले छत्रकोट गाँउपालिका गुल्मीको बिपत ब्यवस्थापन कोषमा सहयोग रकम जम्मा गरेको छ ।
कोरोना भाईरसको प्रकोप न्युनिकरणको लागि राहत स्वरुप ५१ हजार ५ रुपया जम्मा गरिएको हो ।
नेकपा छत्रकोट गाँउपालिका अध्यक्ष रामप्रसाद पाण्डेय, इन्चार्ज बिष्णु पौड्याल,सह ईन्चार्ज लोकनाथ पाण्डेय, जिल्ला सचिवालय सदस्य,रामचन्द कडेल,जिल्ला सदस्य होमनाथ कडेल,छत्रकोटका सचिब पिताम्बर अर्याल लगायतका नेकपाका नेता कार्यकर्ताको उपस्थितीमा, नेकपा अध्यक्ष पाण्डेयले,जिम्मेवार पार्टीको हैसियतले बिपदका समयमा सरकारलाई सहयोग गरेको बताउदै बैंक जम्मा भौचर छत्रकोट गाँउपालिका अध्यक्ष मधुकृण पन्तलाई हस्तान्त्रण गर्नु भएको थियो ।
पालिका अध्यक्ष पन्तले भौचर बुझ्दै अन्य क्षेत्रबाट पनि सहयोग अरम्भ भएको र यस बिपदको अवस्थाका सक्ने सहयोग सबैले गर्न उपयुक्त हुने बताउदै धन्यबाद ज्ञापन गर्नु भएको थियो ।