चुरामणि तिमिल्सीना
रिडि, चैत ३० – रुरु क्षेत्र आसपासका क्षेत्रमा दैनिक करिब १५ पटक बिधुत सेवा अबरुद्ध भएको छ ।
रिडि बजारमा बितरण सेवा रहेपनी सेवा प्रबाहमा चुस्त दुरुस्त देखिएको छैन। करिब २० ओटा सरकारी कार्यलय यहि आसपासमा दैनिक सन्चालनमा रहेका छन । सेवा दिदा दिदै बिचमा लाइन जाने समाचार प्रबाह गर्दा नेट काटिने यसै गरि उधोगमा काम गर्दा बिचमै काठ काट्ने मेसिनहरु रोकिने गर्दा जनताहरु दैनिक मर्कामा परेको स्थानिय बासिको दैनिक गुनासो रहेको छ। पौष महिनाको अन्तिम तिर सन्चालनमा रहेको राम्रो र टिकाउ कम्पनिको ट्रान्सफर्मर बिग्रिएकाले अहिले सम्म उस्तै उपकरण जडान भएको छैन । यो प्राधिकरणले जनताको गुनासो समेत सुनेको छैन ,ऋषिकेष मन्दिरका ब्यबस्थापक पुजारी ओम प्रकाश भट्टराई ले भन्नुभयो । भट्टराईले बारम्बार विद्युत जादा मन्दिरमा नित्य पुजा गर्न समेत दुख भएको बताउनुभयो । हाल वीरबास वाट सेवा सन्चालन गरेको पाइएको छ ।
बारम्बार रिडि बासी ले रिडि बितरण काउन्टरमा गुनासो राख्दा सामान आएको छैन सामान आएपछी मात्र पुरानै अबस्थामा ल्याउन सकिन्छ भन्ने गरेको पनि झन्डै पाँच महिना सुरु हुन लागेको छ । बजार बासिहरुले पनि त्यति चासो नदेखाउदा यो सिर्जना भएको हो कि भन्ने पनि पत्रकारको ठम्याइ रहेको छ । जब सम्म रिडि बासिले यश काउन्टरमा ताला बन्दी गर्दैनन । कार्यलय घेराउ गर्दैनन् तब सम्म यो अबस्था रिडि बासिले झेलिरहनुपर्छ ।यति लामो समय सम्म यो अबस्था हुदा पनि हालका जन प्रतिनिधि समाजका अगुवाहरु नागरिक समाज कता निदाइरहेका छन । वार्ड नम्बर १ वार्ड अध्यक्ष रामलाल बिकले यो बिषयमामा आफुले पटक पटक मौखिक भन्दा पनि प्राधिकरणले आस मात्रै देखाएको र काम भने नगरेको बताउनुभयो । खास गरि रिडि कालीगण्डकी घाट मठमन्दिर ,सन्चार रेडियो , ईन्टरनेटमा प्रत्यक्ष मिनेट मिनेटमा असर परेको वार्ड अध्यक्ष बिकले वताउनुभयो । बिकले अब पनि सेवा सन्चालनमा ढिलाइ भएमा वार्डले आफ्नै तरिकाले रणनिती बनाएर अगाडी बढ्ने बताउनुभयो।