४ बैशाख, गुल्मी ।
कोरोना संक्रमणका कारण गरिएको लकडाउनका कारण थुप्रै व्यक्ति बिचल्ली परेका खबर आइरहेका बेला काठमाण्डौमा बस्ने गुल्मेलीहरुले नयाँ अभियान सुरु गरेका छन् । यो अभियानको उदेश्य लकडाउनका कारण काठमाण्डौमा समस्यामा परेका गुल्मेलीहरुलाई सहयोग गर्ने रहेको छ । अभियानको संयोजकमा लिला खरेल रहेका छन् ।
यो बिपद्को बेला अभियानका सदस्यहरुले स्वतस्फूर्त रुपमा मानवीय सेवाका लागि सहयोग संकलन गर्ने र गुल्मीबाट काठमाडौं बसेकाहरुलाई लकडाउनको कारण पर्ने खाद्यान्न र उपचारमा सहयोग गरिने अभियानका संयोजक खरेलले बताए । अभियानका लागि गुल्मी जिल्लाका दुई सांसद तथा परराष्ट मन्त्री प्रदीप ज्ञवाली र पुर्व मन्त्री गोकर्ण विष्टले २०/२० हजार रुपैयाँका दरले सहयोग गरेका छन् ।