९ बैशाख
रिडी
चिरञ्जिबी ज्ञवाली
रिडिमा अलपत्र झण्डै १२० यात्रीहरुको उद्धार गरिएको छ । विभिन्न स्थानमा कार्यरत मजदुरहरु लकडाउनका कारण अलपत्र परे पछि रिडी हुँदै अन्य जिल्ला जान नसकेर रिडी मा अलपत्र भएकालाई रिडि बाट स्थानीय युवाहरुको प्रयासमा उद्धार गरिएको हो।
हिजो सम्ममा झन्डै एक सय बीस भन्दा बढिको उद्धार गरिएको स्थानिय समाजसेवी नवराज बिकले बताउनु भएको छ। कोहलपुर, सल्यान ,बर्दिया तथा दाङ ,प्युठान रुकुम र रोल्पा घर भएका मजदुरहरु गुल्मी जिल्ला ,बाग्लुङ र पर्वत जिल्लाका विभिन्न स्थान बाट घर फर्किनका लागि पैदल यात्रा गर्दै रिडि आइ अलपत्र परेपछी तिनिहरुको उद्धारको प्रयास गरिएको हो। यसका लागि जिल्ला प्रसासन संगको सहकार्यमा पास बनाइ मजदुरहरु लाइ बस तथा जिप मार्फत लाई उनिहरुको घर पठाइएको स्थानीय चिरिन्जिवी ज्ञवालीले बताए।
उद्वारमा खटिएका युवा चिरञ्जीवी ज्ञवाली का अनुसार रिडी आइ अलपत्र मा परेपछी पहिला उनिहरु हेल्थ डेक्स मा स्वास्थ्य परिक्षण सुरु गरिन्छ,स्वस्थ्य परिक्षण पश्चात् ,उहाँ हरुलाइ खाना नास्ता को बारे सोधपुछ गरि प्रबन्ध मिलाइन्छ,त्यस पछि उहाँको समस्या र गन्तव्य पहिचान गरि,यात्रु को आवस्यकता लाई जोड दिदै यात्रु को स्थानिय निकाय सङ्ग समन्वय गरि राहत उपलब्ध गराउने प्रायस गरि गुल्मी जिल्ला प्रशासन कार्यालय गुल्मी सङ्ग सहकार्य गर्दै बिचल्ली मा परेका यात्रु लाई उनिहरुको गन्तव्य मा पुग्न सहजिकरण गरिएको छ,यसरी यात्रु हरु सहज तरिकाले आफ्नो गन्तव्य मा पुग्न पाउँदा निकै हर्षित देखिन्छन् ,यसरि यात्रा गर्दै गर्दा सडक मा प्रने समस्या बारे हिमाल श्रेष्ठले सहजीकरण गर्दै आउनु भएको छ, यसरी पुगे पछि जाने यात्रु ले र त्यस स्थानिय निकाय ले समेत निकै चाख पुर्वक धन्यवद तथा कार्यको सरानिय गर्ने गरेको उद्रार मा खटिएका युवा ब्याबसायी शैलेन्द्र दर्लामी ले बताउनु भयो । यसरी दैनिक रिडी बसपार्क मा अलपत्र यात्रु उद्वार गर्न को लागि दैनिक रुपमा नवराज बिक,चिरञ्जीवी ज्ञवाली,शैलेन्द्र दर्लामी ,शुन्दर भण्डारी लगायत को टिम दैनिक खटिरहनु भएको तेज बहादुर दर्लामी ले जानकारी दिनु भएको छ। यसरि कार्य गर्दा स्थानी ब्याबसायी अजित श्रेष्ठ ,रबि पन्थ, शैलेन्द्र दर्लामी लगायत ले,पानी चाउचाउ दहि ,खाना को निशुल्क प्रबन्ध गरि सहयोग गर्नु भएको छ ।
जिल्लाको मुख्य नाका भएका कारण रिडिमा अहिले विभिन्न स्थान बाट पैदल यात्री रिडि आउने गरेका छन। रिडिमा अलपत्र परेका ब्यक्तीहरु लाई ब्यक्तिगत रुपमा मानबिय सेवा र धर्म भनी स्थानिय युवा तथा ब्याबसायी ले सहयोग गरिरहेका छन ,१ मानवीय धर्म नै ठूलो धर्म हो ।