बैशाल १०
गुल्मीमा मंगलबारदेखि कृषि एम्बुलेन्स सेवा सुरु गरिएको छ । लकडाउनको समयमा किसानले उत्पादन गरेका कृषि उपजका वस्तुहरुको खरिद तथा बिक्री वितरणका लागि कृषि ज्ञान केन्द्र गुल्मीले जिल्लामा मंगलबारदेखि तीन वटा कृषि एम्बुलेन्स सेवा सुरु गरेको हो । कृषि तथा सहकारी मन्त्रालयको निर्देशन अनुसार किसानले उत्पादन गरेका अतिआवश्यक र चाँडो चन्दा चाँडो बिग्रने कृषि उपजहरुलाई कृषि एम्बुलेन्समार्फत सबन्धित ठाउँमा ढुवानी गरिदिने व्यवस्था गरिएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख बुद्धिराज घिमिरेले बताउनु भयो ।
गुल्मीमा सुरु गरिएका कृषि एम्बुलेन्सहरुमा सत्यवती गाउँपालिका अन्र्तगत नयाँ अभियान कृषि सहकारी संस्था, रेसुंगा नगरपालिका अन्र्तगत मैत्री वहुउद्देश्यीय सहकारी संस्था र कृषि ज्ञान केन्द्रको गरी तीनवटा रहेका छन् । मंगलबार रेसुंगा नगरपालिका दशका कृषक विनोद कुँवरले उत्पादन गरेका कृषि उपजहरु बिक्रिका लागि बुटवल पठाएर कृषि एम्बुलेन्सको सुरुवात गरियोे । लकडाउनको समयमा कृषकहरुले उत्पादन गरेका वस्तुहरु बजारसम्म पुराउन समस्या परेको अवस्थामा जिल्लामा ज्ञान केन्द्रले कृषि एम्बुलेन्स सेवा सुरु गर्न थालेसँगै यस क्षेत्रका किसानहरुमा समेत खुशी थपिएको छ ।