बैशाख १०
छत्रकोट गाँउपालिका
छत्रकोट गाँउपालिका गुल्मीले स्थानिय बजार अनुगमन सुरु गरेको छ ।
लकडाउनको समयमा खाद्यबस्तुको उपलब्धता,उपलब्ध बस्तुको गुणस्तर र मुल्यको जानकारी संकलन गरि अखाद्य तथा म्यद नाघेका बस्तु बिक्री नियन्त्रणको लागि बजार अनुगमन सुरु गरिएको गाँउपालिका अध्यक्ष मधुकृण पन्तले बताउनु भयो ।
एउटै पसलमा इन्धन,ग्यास र अन्य बस्तु राखी बिक्री गर्दा दुर्घटना हुन सक्ने र गर्मी मौसम सुरु भएको र जोखिम पनि बढेकोले बजार अनुगमन लाई तिब्रता दिई सचेतना बृद्धि गर्ने उपाध्यक्ष नर्मदा भण्डारीले बताउनु भयो ।
गाँउपालिका सेरोफेरोको बजार अनुगमन गर्दा मुल्यसुची नराखिएको,केहिले ब्यवसाय पालिकामा दर्ता नगरिएको, खाद्यबस्तु बजारमा रहेको र छिटपुट, प्याकेटका खाद्य सामाग्री म्यद नाघेको भेटिएको र ब्यापारिलाई सचेत गराईएको प्रमुख प्रशासकिय अधिकृत भेषराज पन्थले बताउनु भयो ।
अनुगमनमा अनुगमन संयोजक बिष्णु प्रसाद ज्ञवाली,सदस्य टेक बहादुर खनाल ,श्रृङ्गा प्रहरी चौकिका प्रतिनिधी पत्रकार लगायतको सहभागिता रहेको थियो ।
कोरोना संक्रमण नियन्त्रणमा केन्द्रित भइरहदा नागरिकमा खाद्यान्न अभाब र अन्य स्वास्थ्य समस्या हुन नदिन र मौसम परिवर्तको यस समयमा खनेपानी सुद्धताको लागि बजार अनुगमन प्रभाबकारी हुन सक्छ ।