बैशाख १६
प्रधानमन्त्री केपी शर्मा ओलीले गएराती प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग अर्थपूर्ण भेट गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा ओली र राणाबीच भेटवार्ता भएको हो ।
पार्टीमा घेराबन्दीमा परेपछि प्रधानमन्त्री पद नै अप्ठ्यारोमा परेको विश्लेषण भइरहेका बेला प्रधानमन्त्री र प्रधानन्यायाधीशबीचको यो भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ । त्यस्तै आज नेकपाको सचिवालय बैठक बस्ने तय भइसकेकाले सो बैठकअघिको यो भेटलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।
पछिल्लो समय ओलीले ल्याएका दुई अध्यादेश प्रकरणपछि चुलिएको नेकपाभित्रको आन्तरिक राजनीति झन पेचिलो बनेको छ ।