बैशाख १६
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ।
नेकपामा गहिरिँदै गएको विवादको सहमति खोज्ने सोमबार दिउँसो बसेको पार्टीका केपी ओली र माधव नेपाल पक्षबीचको
छलफलमा मंगलबार सचिवालय बैठक बस्ने टुंगो लागेको हो।
नेकपामा स्थायी कमिटी बैठक बस्नुपर्ने पनि माग छ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल पक्ष स्थायी कमिटी बैठकमै पछिल्लो विवादबारे आफ्नो धारणा राख्ने पक्षमा छन्। प्रधानमन्त्रीको राजीनामाको माग उठ्ने भयले उनी पक्षले भने बैठक टार्न खोजिरहेको अवस्था छ।
सोमबार भएको छलफलपछि मंगलबार सचिवालय बैठक बस्ने र त्यसले स्थायी कमिटी बैठकको मिति तोक्न सक्ने बताइएको छ।