गुल्मी
बैशाख १६ – गुल्मीको चन्द्रकोट गाउपालीका वडा नम्बर ४ शान्तीपुर बसपार्कमा आगलागिमा परि निधन भएका १६ वर्षिय समिर खनालको नबौ दिनको पुण्यतिथिमा आज श्रद्धान्जली व्यक्त गरिएको छ ।
बाग्लुङको बरेङ गाउपालीका वडा नम्बर ३ का वडाअध्यक्ष पुर्ण बहादुर खनालका छोरा समिरको बैशाख ८ गते आगोलागिमा परि निधन भएको थियो । आज नबौ दिनमा चन्द्रकोट गाउपालीका परिवार,नेपाल कम्युनिष्ट पार्टी नेकपा चन्द्रकोट, चन्द्रकोट क्याम्पस, उद्योग वाणिज्य संघ शान्तीसुर शाखा,चक्रेश्वर बोडिङ स्कुल, उदय शान्ती युवा क्लब लगायत शुभेच्छुकहरुको उपस्थितिमा सामाजिक दुरी कायम गरि श्रद्धान्जली प्रकट गरिएको छ ।
यस्तै बाग्लुङको बरेङ गाउपालीका परिवार , क्रियाशिल राजनैतिक दल , नेपाल कम्युनिष्ट पार्टी नेकपा बरेङ लगायतको सहभागितामा दिवङगत आत्माको चिर शान्तीको कामना गर्दै श्रद्धान्जली प्रकट गरिएको छ । बागलुङको बरेङ गाउँपालिका वडा नम्बर–३ बाटाकाचौरका वडा अध्यक्षको शान्तिपुर बसपार्कमा रहेको खनाल स्टोर्समा आगलागी भएको थियो । आगलागीमा परेर अध्यक्ष पूर्ण खनाल,उहाकी श्रीमती रुपा खनाल, र छोरा सन्जय खनाल घाइते हुनुभएको छ । उहाहरुको उपचार भइरहेको छ ।