कृष्ण अन्जान
रुरु १७ ,वैशाख – कोभिड १९ का कारण शैक्षिक अन्यौलता जारी रहँदा गुल्मीको रुरु क्षेत्र गाउँपालिका भित्रका सवै विद्यालयहरुले वार्षिक परिक्षाका परिक्षाफल प्रकाशित गरेका छन ।
रुरु क्षेत्र गाउँपालिकाको वैठकको निर्णय वमोजिम यस गाउँपालिकाले सवै विद्यालयहरु लाइ नतिजा प्रकाशनका लागि निर्देशन दिएपछि यसक्षेत्रका ४२ विद्यालयहरुले मंगलवार नै परिक्षाफल प्रकाशित गरेका छन । हामिले सवै विद्यालयलाइ रिजल्ट तयार राख्न निर्देशन दिएका थियौँ, गाउँपालिकाको वैठकले रिजल्ट निकाल्ने निर्णय गर्यो र त्यहि अनुसार विध्यालय हरुले रिजल्ट प्रकाशित गरे, रुरु क्षेत्र शिक्षा समितिका अध्यक्ष समेत रहनुभएका गाउँपालिकाका अध्यक्ष निलकण्ठ गौतमले जानाकारी दिनुभएको छ । विद्यालयहरु लाइ रिजल्ट वेवसाइटमा राख्न र विद्यालयको सुचनापाटीमा टाँस्न भनेका छौ अध्यक्ष गौतमले भन्नुभयो । कोरोनाको लकडाउनका कारण गाउँपालिकाले विद्यालयको नतिजाको तथ्याँक गाउँपालिकामा सँकलन नभई सकेकाले शैक्षिक उपलव्धि र गुणस्तर कस्तो रह्यो यसवारे को जानकारि पछि दिइने अध्यक्ष गौतमले बताउनु भयो ।