बैशाख १७ – दाङ तुलसीपुरका एक जना समाज सेवीले आफ्नो जन्मोत्सव मनाउने खर्च लकडाउनका कारण हिडेर एक देखि अर्को स्थानमा पुग्ने पैदलयात्रीको खान ब्यवस्थापनका लागि उपलब्ध गराएका छन् । त्यहाँका समाजसेवी दुर्गाबहादुर वलीले बुधवार आफ्नो ५१ औं जन्मोत्सवको अवसरमा पैदल यात्रुका लागि तुलसीपुर उद्योग बाणिज्य संघले संचालन गरेको भान्सा घरलाई आर्थिक सहयोग गर्नुभएको छ । तुल्सीपुर उद्योग बाणिज्य संघले संचालन गरेको भान्सा घरलाई १२ हजार ५ सय २५ रुपैँया हस्तान्तरण गरि पैदल यात्रीको खान ब्यवस्थापन गर्न आग्रह गरेका हुन् । यस्तो विपदमा सहयोग गरेको प्रति तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिरु रावतले सहयोगदाता वलीलाई धन्यवाद दिए ।
। समाजसेवी वली राप्ती संजीवनी आर्गानिक सेन्टरका संचालक हुन भने ओडब्लुजीका राष्ट्रिय प्रशिक्षक समेत हुन ।