गुल्मी
बैशाख १७ – नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) गुल्मीले बुधबार एक अपिल जारी गरेको छ ।
अपिल जारी गर्दै नेकपा गुल्मीले नेकपाको आन्तरिक जिवनसग जोडिएर नेकपा नेतृत्व तहमा देखिएको असमझदारीपुर्ण बहस , छलफल र बिबादको सम्वन्धमा जिल्ला कमिटि गुल्मीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सार्वजनिक रुपमा हुने यस किसिमको बिवादले आम पार्टी कार्यकर्ता ,कम्युनिष्ट आन्दोलन,पार्टी एकता र स्थायि सरकार प्रतिको जनमत प्रतिकुल हुने हुदा यस किसिमका क्रियाकलापलाई तत्काल बन्द गर्न भनेको छ । अध्यक्ष मधुकृष्ण पन्त र सचिव बिर बहादुर कार्कीद्धारा हस्ताक्षरित अपिलमा पार्टी एकतालाई अझ मजबुत बनाउदै सरकार र पार्टी सन्चालन गर्न र जनताको “सुखी नेपाली ,समृद्ध नेपाल” को सपना पुरा गर्ने तर्फ लाग्न भनिएको छ ।