रुरुमा कोरोनाको प्रभाव
कृष्ण अन्जान
बैशाख २२
रुरुक्षेत्र गाउँपालिका
कोरोना भाइरसको असर सबै छेत्रमा पर्दै गर्दा रुरु छेत्रका व्यवसायिक गुँड उत्पादक किसानहरु पनि यसबाट अछुतो छैनन । वैशाख को शुरुमै रुरु ३र ४ का ऊँखु किसानहरुले ऊँखु पेलेर सकाएका छन र सबैका घरमा ढोलका ढोल खुदो छ तर न खुदो विक्छ न गुँड नै पार्ननै सकिएको छ । कताकति गाउँमा अर्डर आएको बेला गुँड पारिन्छ दुइचार किलो कहिले काँहि गाउमा बिक्छ नभए ठप्प छ रुरु ३ माझगाउँका व्यवसायिक गुँड उत्पादक शिसिर गेवालीको भनाई छ । रुरु छेत्रमा मात्रै दर्जनौ व्यवसायिक गुँड उत्पादक किसान हरु छन । रुरु ३ का चोलानाथ गेवाली इन्दुवर गेवाली रामचन्द्र गेवाली कहा अत्याधुनिक गुँड उत्पादन गर्ने उधोग नैछ र वर्षे्नि लाखौँको गुँड नेपालको बजार मा पुग्छ । मुख्यरुपमा प्रदेश न ५ का बजार हरुमा थोर्गेली गुँडको अत्यधिक माग हुने गरेको थोर्गाका अग्रणि उत्पादक ईन्दुवर गेवालीको भनाइ छ । गुल्मीको कोशेलिको रुपमा स्थापित थोर्गा र दार्सिँगवासको गुड अर्गसनिक र कुनै मिसावट नहुने भएकाले सवैले मिठे मानेर खाने र आफन्त भेट्न जाँदा कोशेलिको रुपमा लाने गर्दछन । यहाँ मुख्यतया हाडे फोस्रे चाम्रे र मसाले दार गुँड उत्पादन गरिँदै आएको रुरु ३ का गुँड उत्पादक दिलवहादुर छेत्रिले बताउनु भएको रुरु बाट सहकर्मि कृष्ण अन्जानले पठाएको समाचारमा उल्लेख छ ।