चुरामणी तिमिल्सिना
बैशाख २२
रुरुक्षेत्र गाउँपालिका
रुरु क्षेत्र रिडि घाटमा आउने प्राय गरि क्रिया पुत्रीले रिडिमा नै उत्पादन भयको परालको चप्पल लगायर यात्रा गर्ने गरेको घाटमा किराना तथा चिया नास्ता पसल सन्चान गर्दै आइरहेका यमनारायण भन्डारिले बताउनुभो । यो परालका चपल्ल उपादन गर्ने रिडिमा ३ उधमि दिदी बहिनिहरु यश भेगकै नमुना का रुपमा चर्चामा हुनुहुन्छ । रिडि निवासी गोमा मरासिनी दिपिका थापा र लक्ष्मी पौडेलले दैनिक ३ जोर चप्पल स्थानिय कच्चा सामाग्री प्रयोग गरि उत्पादन गर्दै आउनुभयको छ। ती तीन उधमिहरुले घरेलु कार्यलय तम्घास तथा स्थानिय निकायको सम्जदारिमा केही बर्ष अगाडी रिडिमा तालिम लियर आफुहरुले तालिम सिकेका कुराहरुलाइ जिबनयापन्मा परिबर्तन गरेको गोमा मरासिनिले बताउनुभयो । मरासिनीले प्राय गरि पुर्खाहरुले पराल्को गुन्द्रा , सुकुल बिडि बनाउने गरेको र अहिले आफुले तालिम लिइएको दिन्देखी परालका चप्पल , सुकुन्डा कलस टोपी , करुवा , डाली , लगायत का सजाउने सामाग्री बनाउदै आइरहेको बताउनुभयो । आफुले दैनिक ३ जोडि चप्पल बनाउदै आयको र प्रती जोर रु १५० पर्ने बताउनुभयो । उनले उत्पादन गरेको सामाग्री नेपाल भारत अमेरिका तथा अन्य मुलुकमा समेत मायाको चिनोको रुपमा बिक्री गरेको उहाका श्रीमान शेषनारायण मरासिनीले जान्कारी गराउनुभयो । अझै अहिले लक डाउनको समय भयकाले यश कममा श्रीमान मरासिनीले समेत कटिन गरेर ठूलो सहयोग गरेको गोमाले बताउनुभयो । अहिले उत्पादन भयका सामाग्री आफुहरुसित केही मात्र भयको र माग अनुसार पठाउने र तालिम समेत दिदै आइरहेको मरासिनीको भनाइ उजृत गर्दै रिडि बाट हाम्रा सहकर्मी साथी चुरामणी तिमिल्सिनाले समचार पठाउनुभयको छ।