बैशाख २२
रुपन्देही
भैरहवामा रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा केमिकल अभाव भएपछि परीक्षण रोकिएको छ । केमिकल अभाव भएपछि कोभिड १९ को पीसीआर परीक्षण रोकिएको प्रदेश जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख डाक्टर राजेन्द्र गिरीले जानकारी दिनुभयो ।
रुपन्देहीको कोटहीमाईमा भेटिएका कोरोना भाइरस सङ्क्रमितको परिवारका १० जनाको पीसीआर परीक्षण गरेपछि केमिकल सकिएको हो । उनीहरु सबैको रिर्पोट नेगेटिभ आएको छ ।
गएको चैत २३ गतेदेखि सञ्चालनमा आएको प्रयोगशालामा अहिलेसम्म तीन सय ३४ जनाको कोरोना परीक्षण भएको छ । डाक्टर गिरीका अनुसार तत्कालका लागि पाँच सय किट माग गरिएको छ ।