बैशाख २२
आज बिहानैदेखि देशका मध्य भेगमा पानी पर्न थालेको छ। हिजो पश्चिमी भेगमा बढि पानी परेकोमा आज मध्य हुदै पुर्वमा पानी पार्नेक्रम सर्दै जाने जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी वायुको सामान्य प्रभाव, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव हुनुका साथै बंगालको खाडी र अरब सागरबाटसमेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेकोले समौम बदली हुने र पानी पर्नेक्रम चलिरहेको मौसमविद प्रतिभा मानन्धरले जानकारी दिइन्। अहिले देशभरको मौसम सामान्यदेखि पुर्ण बदली रही पश्चिमी भूभागका केहि स्थान, काठमाडौंका केहि भाग र मध्ये क्षेत्रमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा भइरहेको छ। दिउँसो देशका पहाडी भुभागका केही स्थानहरूमा मेघगर्जन, चट्याङ र असिना तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविद् मानन्धरले बताइन्। राति पनि देशको अधिकांश भूभागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी र मध्य भू–भागका थोरै स्थान र पूर्वी भूभागका केही स्थानमा मेघगर्जनसहित वर्षा हुनेछ।