किसानलाई हाते ट्याक्टर वितरण

सुरेश थापा
बैशाख २३
सत्यवती गाउँपालिका

सत्यवती गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय जोहाङ्ग गुल्मीले कृषकहरुलाई ५० थान मिनि टिलर हाते ट्याक्टर वितरण गरेको छ ।

सत्यवती गाउँपालिका का अध्यक्ष पारिश्वर ढकाल, उपाध्यक्ष शुवर्ण शाहि शेर्चन वडा नं। ६ का वडा अध्यक्ष विष्णु प्रसाद भण्डारी, सदस्य कृष्ण भण्डारी, सचिव रमा भण्डारी, पत्रकार, कृषि शाखाका कर्मचारी सन्जय कुमार चौधरी लगायतको उपस्थितिमा वितरण गरिएको हो ।

४७ हजार ४ सय ७५ पर्ने हाते ट्याक्टर ५० प्रतिशत अनुदान दिई २३ हजार ७ सय ३७ रुपँया ५० पैसामा वितरण गरिएको हो । कृषि व्यवसायमा कम लागत लागोस भन्ने उद्देश्यले विगतका वर्षहरुमा पनि वितरण गरिएको थियो सत्यवती गाउँपालिकाका प्रत्येक कृषकको घरमा ट्याक्टर पु¥याउने उद्देश्य रहेको र कृषकको माग अनुसार ट्याक्टर ल्याईएको आउदा दिनहरुमा कृर्षका माग अनुसार काम गर्ने र सत्यवती गाउपालिले अरु गाउपालिकाले भन्दा कृषि क्षेत्रमा फडको मारेकोे गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले बताउनु भयो ।

वितरीत मिनि टिलर कृषकहरुले सहि रुपमा सञ्चालनमा ल्याई बढि भन्दा बढि फाइदा लिन र कृर्षिलाई आधुनिकिकरण साथै व्यवसायिकरण गर्न कृर्षकलाई आग्रह गर्दै कृषि क्षेत्रमा गाउँपालिकाले विशेष ध्यान दिएको अध्यक्ष पारिश्वर ढकालले बताउनु भयो ।

You might also like

Leave A Reply

Your email address will not be published.