रेसुङ्गा १ मा दोस्रो चरणको राहत वितरण

बैशाख २३
रेसुङ्गा नगरपालिका

गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका १ ले दोस्रो चरणको राहत वितरण गरेको छ ।

वडाले विश्वव्यापी प्रकोपको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) नियन्त्रण तथा रोकथामका लागि
सरकारले जारी राखेको लकडाउनका कारण समस्यामा परेका दैनिक ज्याला मजदुरी गर्ने र विपन्न वर्गका
नागरिकहरुको परिवारलाई ध्यानमा राखी दोस्रो चरणको राहत वितरण गरेको हो ।

वडाभित्रका स्थायी रुपमा वसोवास गर्ने ३ जना मात्र रहेका छन् । बाँकी अन्य स्थानबाट आएर बसोबास गरी दैनिक ज्याला मजदुरी गर्ने, विद्यार्थी तथा विपन्न परिवारलाई राहत वितरण गरिएको वडाले जनाएको छ । सदरमुकाम तम्घासको मुख्य बजारमा पर्ने वडा भएकाले राहत पाउने स्थायी बासिन्दा भन्दा अस्थायी बासिन्दा धेरै रहेको वडाअध्यक्ष अखिलेश्वर प्रसाद पाण्डेले जानकारी दिए । वडा अध्यक्ष पाण्डेका अनुसार सोमबार वडा कार्यालयमा सामाजिक दुरी कायम गरी दोश्रो चरणको राहत वितरण गरिएको हो । दोश्रो चरणमा ९० परिवारका ३ सय ८ जनालाई १६ सय ६० केजी चामल, १ सय ४ केजी दाल, ७९.५ लिटर तेल, ९० प्याकेट नुन वितरण गरिएको वडा सचिव राधिका पाण्डेले जानकारी दिईन । यस अघि वडाले गत चैत्र २१ गते पहिलो चरणको राहत वितरण गरेको थियो । वडाले पहिलो चरणमा ५९ परिवारका २ सय ७ जनालाई राहत वितरण गरेको हो ।

You might also like

Leave A Reply

Your email address will not be published.