बैशााख २४
छत्रकोट गाउँपालिका
गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका सबविकको दिगाम वडा नम्बर ४ र ५ भित्र सबै महिलास्वास्थ्य स्वयमसेबिकाहरुले निगरानी गरिहरेको बताएको छ । यो समयमा कोरोना भाइरसका कारणले पुरै देश लकडाउनको अवस्थामा रहेको बेलामा कोरोना भाइरस भित्रन नदिनको लागी बिभिन्न कार्यहरु गरिदै आएको बताइएको छ । बडाभित्रमा बाहिरबाट आउनेहरुको तथ्थायङ्ग संकल्न लगायतका कार्यहरु गरिएको छ । यस्तै महिला स्वास्थ्य स्वयमसेबिकाहरुले टोल टोलमा पुगेर जनचेतना जोगाउने कार्य पनि गरेका छन । लकडाउनको यो अवधिका पनि कृषकहरुले खेतीपाती लगाउने काम गरेका छन । यस बिचमा स्वास्थ्य चौकी आउने बिरामीहरुको नियमित सुरक्षित तरिकाले उपचार हसने गरेको छ । दैनिकरुपमा अहिले पनि १६ १७ जना बिरामीहरु ऋाउने गरेका छन उनिहरुको सुरक्षित तरिकाले उपचार हुने गरेको बोहा सामुदायिक स्वास्थ्य इकाई अनमी कल्पना पुनले बताउनुभयो । यस्तै लकडाउनको समयमा भिडभाड नगर्न, जुवातास नखेल्न, अत्यावह्यक काम बाहेक बाहिर नजान र सामाजिक दुरी कायम गर्न पनि आग्रह गरिएको छ ।