बैशााख २४
केही दशक अघिसम्म हामी आत्मनिर्भर नै थियौं । आधुनिकता पछ्याउने क्रममा संभावनाले भरिपूर्ण कृषि क्षेत्रलाई बेवास्ता गरेर कृषि नै जीवनको मूल आधार हो भन्ने बिर्सियौ ।
विगतमा धान–चामल निर्यात गर्ने र दुई–तीन वर्षलाई अन्नपात थन्क्याएर आनन्दित हुने गाउँले जनजीवन समेत अचेल आयातमा निर्भर भएको छ ।
नेपालको हावापानीले तेल, चामल, दाल, फलफूल, दूध र मासुजन्य पदार्थमा हामी आत्मनिर्भर बन्न कठिन छैन ।
करीब ६६ प्रतिशत जनसंख्या कृषिमा संलग्न छ । कुल गार्हस्थ्य उत्पादनमा करीब ३० प्रतिशत योगदान कृषिक्षेत्रको छ । यस्तै ३० प्रतिशत योगदान रेमिटेन्सको छ ।
अब रेमिटेन्स घट्ने पक्का छ समयमै कृषि क्षेत्रलाई सम्हालेर यसको ३० प्रतिशतको योगदान बृद्धि गर्नुको तत्काल अर्को समाधाना देखिन्न ।