बैशाख २५
रोल्पा
चट्याङ लागेर रोल्पाको लुङ्ग्री गाउँपालिकामा आज दुई जनाको ज्यान गएको छ ।
चट्याङ लागेर लुङ्ग्री गाउँपालिका २ सिर्पका ६३ वर्षका भीमबहादुर विक र ४० वर्षका चित्र पुनको ज्यान गएको वडाध्यक्ष अमृत घर्तीले जानकारी दिनुभयो ।
बिहान साढे ८ बजे परेको चट्याङले गहुँ भित्र्याइरहेका विक र ट्वाइलेट जान लागेका पुनको घटनास्थलमै ज्यान भएको हो । झण्डै ६० मिटरको दुरीमा रहेको दुवै घरमा क्षति पुगेको र भीमबहादुरको बाख्राको पाठा समेत मरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) चित्रबहादुर गुरुङले बताउनुभयो ।
घटनास्थलमा प्रहरी चौकी सिर्प र इलाका प्रहरी कार्यालय सुलिचौरबाट प्रहरी टोली पुगेको छ ।