प्रेम नारायण आचार्य
अर्घाखाँची बैशाख २६– अर्घाखाचीमा हावाहुरीले ९ वटा घरको छानो उडाएको छ ।
जिल्लाको शीतगङ्गा नगरपालिकामा नौ वटा घरको छानो उडाएको हो ।
हावाहुरीले वडा नम्बर ४, १० र १२ मा आएको हुरीले आफ्नो घरको छानोसहित नौ जनाको घरको छानो र
सात जनाको गोठको छानो उडाउँदा लाखौँको क्षति भएको जिल्ला समन्वय समिति सदस्य समेत रहनुभएका बलेन्द्र विश्वकर्माले बताउनुभयो ।
हावाहुरीले उडाएको छानोले दुई वटा मोटरसाइकल तथा एउटा जीपमा समेत क्षति पुगेको छ ।
हावाहुरीले वडा नम्बर ८ को केरा खेतीमा समेत क्षति पुर्याएको छ ।