जेठ १
कोभिड–१९ को संक्रमण बढ्दै गएपछि आज देखि बन्दाबन्दी थप कडाइ गरिएको छ । गृहमन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जानेगरी जारी सबै पास खारेज गरेको छ ।
एक जिल्लाबाट अर्को जिल्लामा जान पाउने व्यवस्था रोक्दै सरकारले बन्दाबन्दी थप कडाइ गरेको हो । प्रशासनबाट पास लिएर निर्वाध आवातजावात भएपछि प्रशासनले कडाइ गरेको हो ।
अब कुनै जिल्लाबाट अर्को जिल्ला जान जानुपर्ने जिल्ला प्रशासनको स्वीकृति अनिवार्य गरिएको छ । राजधानी उपत्यका आउनु परे भने गृह प्रशासनको स्वीकृती लिनुपर्नेछ ।
सरकारले सञ्चालनको अनुमति दिएको सवारीको हकमा परिचयपत्र देखाएर जाने व्यवस्थामा रोक लगाइएको छ । अब नियामक निकायबाट जारी हुने पास अनिवार्य गरिएको छ ।