काठमाडौं
जेठ १ – नेपालमा थप ३ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण भएको पुष्टि भएको छ। काठमाडौंमा गरिएको परीक्षणअनुसार काठमाडौं दहचोकका ७ वर्षीय बालकसहित ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। अरु दुई जना भने धनुषा र धादिङका हुन्। धनुषामा १७ वर्षिय र धादिङकी ३० वर्षिय महिलामा कोरोना पोजेटिभ देखिएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।