रामकृष्ण कडेल,
जेठ ३ . गुल्मी – प्रदेश नम्बर ५ का रुपन्देहि र कपिलबस्तुमा कोरोना संक्रमण तीव्र गतिमा बढ्न थालेपछि रुपन्देहि सङ्ग प्रतक्ष सम्पर्कमा गुल्मी रहेको भन्दै सम्भावित जोखिमलाइ मध्यनजर गर्दै जिल्लाको गुल्मीदरबार गाउपालिका वडा नम्बर ५ अमर अर्बाथोकले लकडाउनमा थप कडाइ गरेको छ ।
अर्घाखाचिको सिमा जोडिएको गुल्मीदरबार गाउपालिका वडा नम्बर ५ अमर अर्बाथोक खर्ज्याङ्ग को सिमा क्षेत्रबाट मानिसहरु आवतजावत गर्ने बढि सम्भावना भएको र कपिल्बस्तु रुपन्देहि अर्घाखाचि हुदै खर्ज्याङ्ग बाट गुल्मी प्रवेश हुन सक्ने कुरालाइ ध्यानमा राखि यस क्षेत्र मा जनप्रतिनिधि सुरक्षाकर्मि र स्थानिय युवा परिचालन गरिएको वडा सदस्य बाबुराम पन्तले बताउनुभयो । बुधवार वाडमा बसेको सरोकारवाला हरुको सामुहिक बैठकले यस्तो निर्णय गरिएको पन्तले बताउनुभयो । अहिले २४ सै घण्टा आलोपालो गरि जनप्रतिनिधि , स्थानिय युवा र चारपाला प्रहरि चौकी को सम्युत्त टोलि अर्घाखाचि र गुल्मीको सिमा खर्ज्याङ्गमा खटिरहेका छ्न र कुनै पनि ब्याक्तिलाइ अत्यावश्यक काम बाहेक बाहिरबाट गुल्मि छिर्न र गुल्मीबाट बाहिर जान दिइएको छैन स्थानिय युवा गुणानिधि पौडेलले बताउनुभयो । नेपाल सरकारले वितरण गरिएका पास रद्द गर्दै गृह मन्त्रालयले बुधबारदेखि एक जिल्लाबाट अर्को जिल्ला जानमा पनि रोक लगाएको थियो देशभर मंगलबार एकैदिन ८३ नयाँ संक्रमित देखिएपछि कडाइ गरिएको थियो । त्यस्तै जेठ १ गतेदेखि ५ गतेसम्म गुल्मी जिल्ला सिल गरिएको छ ।