राधा पोख्रेल
गुल्मी, जेष्ठ ३ – कोरोना संक्रमणको कारण देश लकडाउनमा रहेकाले सबै घरमै बसिरहेका छन ।
बिहान उठेदेखि राति सुत्नेबेलासम्म घरभित्रै हुन्छन स्थानियहरु। यो समयमा के गर्ने त । घरायसी काम त भइ नै हाल्यो अन्य समयमा टिभि हेर्ने मोवाइल चलाउने बाहेक अरु उपाय छैन । यहि समयमै पटक पटक बिद्युत जादा उपभोक्ता मारमा परेका छन्। बिद्यार्थिहरुको परिक्षा रोकिएका छन । कतिपय बिद्यालयले अनलाइनबाटै कक्षा दिइरहेका छन । समस्या के छ भने लाइन जादा इन्टरनेट पनि जान्छ । विद्यार्थी र बालबालीकाहरु अझ बढी मारमा परेका छन्। लकडाउनको कारणले सिमित कर्मचारीलाई काममा खटाएको र हावाहुरी चल्ने मौसम भएकाले विद्युत् अवरुद्ध भइरहेको गुल्मी जिल्ला बिद्युत कार्यालयका प्रमुख नारायण अर्यालले बताउनुभयो । आज पाल्पादेखि बुटबलको लाइन काटेर काम भइरहेको तर आफुलाई जानकारी नदिएको प्रमुख अर्यालले बताउनुभयो । उहाले कहि कतै बिद्युत आपुर्तिमा अनियमिता भएको भए यो सुधार गर्ने समेत बताउनुभएको छ । यो लकडाउनको अवस्थामा जिल्ला बिद्युत कार्यलय सगै स्थानिय सरकारको पनि ध्यान जान जरुरी छ ।