गुल्मी
जेठ ५ – गुल्मीका कोरोना संक्रमित पुरुष मदाने गाउँपालिका ६ का ४१ वर्षीय रहेको खुलेको छ । उनको भैरहवाको प्रयोगशालामा परीक्षणका क्रममा रिपोर्ट पोजेटिभ देखिएको हो । श्वासप्रश्वासमा समस्या देखिएपछि बुटवलमा उपचारका लागि गएका उनमा कोरोना संक्रमण देखिएको हो। प्रयोगशालाका निमित्त प्रमुख डा राजेन्द्र गिरीका अनुसार उनको स्वाब तीन दिनअघि संकलन गरिएको थियो । जेठ १ गते बुटवलमा उपचारका लागि आएका उनी क्रिमसन अस्पतालको आइसीयुमा भर्ना भएको बताइएको छ । उनमा कसरी कोरोना सर्यो भन्ने अझै खुलिसकेको छैन् ।