अनिल खत्री
७ जेठ, गुल्मी – गुल्मीमा कोरोना संक्रमित बिरामी फेला परेपछि २ दिनलाई गुल्मी अस्पतालको ओपिडि सेवा बन्द गरिएको छ ।
जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माको अध्यक्षतामा बसेको बैठकले कोराना संक्रमितको गाउँपालिकामा चेक जाँचलाई बढाउनु पर्ने भएकाले जेठ ६ र ७ गते गुल्मी अस्पतालको ओपिडी सेवा बन्द गर्ने निर्णय भए बमोजिम ओपिडि सेवा बन्द गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत एबम् सूचना अधिकारी लक्ष्मण पाण्डेयले बताए । कोरोना संक्रमित जिल्लाको मदाने गाउँपालिका वडा नम्बर–६ का ४१ वर्षिया रहेका छन् । मदाने गाउँपालिकाको क्षेत्रलाई जेठ ५ गते साँझदेखि अर्को सूचना जारी नभएसम्मको लागी पूर्ण रुपमा सिल गरिएको पाण्डेले बताए ।