जेठ ८
पाल्पा
पाल्पामा कालिगण्डकी नदीमा डुबेर बेपत्ता भएका दुई बालकको शव फेला परेको छ। रामपुर नगरपालिका १० सिकोडाँडाका १० वर्षीय सुनिल भट्टराई र सोही उमेरका समिर चापागाईको शव फेला परेको हो। यहि जेठ ४ गते दिउँसो एक बजे पौडी खेल्नेक्रममा उनीहरू रामपुर नगरपालिका १० मलौटेस्थित कालिगण्डकीमा बेपत्ता भएका थिए। खोजी गर्नेक्रममा ४ दिनपछि उनीहरूको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सुरज श्रेष्ठले बताए। दुवैजनाको शव केलादीस्थित नदी किनारमा फेला परेको उनले बताए।