गुल्मी
जेठ ९ – नेपाल कम्युनिष्ट पार्टी नेकपा जिल्ला कमिटि गुल्मीले कोरोना भाइरस संक्रमण भइ क्रिमसन अस्पताल मणिग्राममा उपचार गराइरहेका मदाने गाउपालीका वडा नम्बर ६ निवासी ४१ बर्षिय शिक्षकको निधन प्रति भावपुर्ण श्रद्धान्जली प्रकट गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा जिल्ला कमिटि अध्यक्ष मधुकृष्ण पन्त र सचिब बिर बहादुर कार्कीले हस्ताक्षर गरी दिवंगत आत्माको चिर शान्तीको कामना गर्दै परिवारजनमा धैर्य रहने शक्ती ईश्वरबाट प्राप्त होस भन्दै समवेदना व्यक्त गरिएको छ । उक्त घटनाले गुल्मी जिल्ला पनि कोरोना भाइरसको उच्च जोखिममा रहेको पुष्टि भएको भन्दै गुल्मेली जनतालाई सावधानी अपनाउन अनुरोध गरेको छ । साथै नेपाल सरकारले घोषणा गरेको लकडाउनलाई पुर्ण रुपमा पालना गर्न समेत अनुरोध गरिएकोे छ ।