गुल्मीको मदानेका कोरोना संक्रमणका कारण ज्यान गुमाएका शिक्षकका गाउँलेको पिसिआर् रिपोर्ट नेगेटिभ

हुमाकान्त पोखरेल
गुल्मी,०९ जेठ -कोरोना संक्रमणका कारण ज्यान गुमाएका गुल्मीको मदाने गाउँपालिकाका शिक्षकका गाउँलेको पिसिआर् रिपोर्ट नेगेटिभ आएको छ ।

बुटबलमा कोरोना पुष्टि हुँदाको अर्को दिन नै जिल्ला स्वास्थ्य कार्यालयको समुहले उक्त शिक्षकसँग प्रत्यक्ष सम्पर्कमा आएका ३५ जनाको स्वाब संकलन गरी पिसिआर्को लागि पठाएको थियो । जसमा मृतकका परिवार, बैंकका कर्मचारी, स्थानीय क्लिनिक संचालक लगायत रहेका थिए । जसमध्ये पाचँ जनाको रिपोर्ट आउन बाँकी रहेको र ३० जनालाई कोरोना संक्रमण नभएको रिपोर्ट आएको स्वास्थ्य कार्यालय गुल्मीका सुचना अधिकारी पशुपति आचार्यले जानकारी दिए । स्वास्थ्य कार्यालयले तम्घासको एक र मदानेका ३५ गरी कुल ३६ जनाको स्वाब पठाएको थियो । जसमा मदानेका पाचँ र तम्घासको एक गरी अझै छ जनाको रिपोर्ट आउन बाँकी रहेको उनले बताए ।

मदाने गाउँपालिका ६ पुर्कोट दहस्थित एक विद्यालयमा अध्यापनरत शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको तीन दिनपछि ज्यान गएको थियो । तर उनलाई कसरी पकिोरोना पुष्टि भयो भन्नेबारे भने सबै अनविज्ञ छन् । गाउँमा भारतबाट केहि नागरिक आएका थिए । तर उनीहरु घर आएको ५० दिनभन्दा बढी भइसकेको छ । भने सुरुमा १४ दिनसम्म क्वारेन्टाइनमा बसेका थिए ।शिक्षकमा कोरोना भेटिएसँगै मदाने गाउँपालिका पूर्णरुपमा शिल गरिएको छ । जेठ १ गतेभन्दा अगाडी उक्त शिक्षकसँग ३५ जना प्रत्यक्ष सम्पर्कमा जोडिएका छन् । भने १५० जना अप्रत्यक्ष रुपमा भेटघाट भएका छन् । ३५ जनमध्ये पाचँजना सुरक्षित होम क्वारेन्टाइनमा रहेकोले स्वाव लिइएको छैन । भने बाँकि ३० जनाको कोरोना जाचँको लागि स्वाव लिइएको गाउँपालिकाका सुचना अधिकारी ऋषि पोखरेलले बताए ।

You might also like

Leave A Reply

Your email address will not be published.