जेठ ११
बुटवल
प्रदेश न ५ को राजधानी र नामाकरण ०७७ को साउनअघि नतोकिने भएको छ ।कोरोना भाइरस संक्रमणको महामारी नियन्त्रण भएपछि मात्रै प्रदेशको स्थायी राजधानी र नामाकरण टुंगो लगाइने प्रदेश ५ का प्रमुख धर्मनाथ यादवले बताए । उनले आज सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्नुभएको थियो । आर्थिक वर्ष २०७७र०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख धर्मनाथ यादवले कोरोना नियन्त्रण भएपछि राजधानी र नामाकरणको टुंगो लगाइने बताए । प्रदेशसभा बैठकमा सम्बोधन गर्दै यादवले राजधानीको टुंगो लागेपछि गुरुयोजना बनाइने र संरचनाहरू निर्माण गरिने बताएका छन् ।
नीति तथा कार्यक्रममा अर्काे बर्ष चरंगे पाल्पा दोभान सडकमा सवारी गुडाइने जनाइएको छ । प्रदेशभरका सबै नागरिकलाइ बिजुली पुर्याउदै ३ बर्ष्भित्र उज्यालो प्रदेश बनाइने जनाइएको छ । कोरोना महामारीले निम्त्याएको असरलाई पुनरुत्थान गर्ने गरी प्रदेश सरकारले कृषि, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राखेर निति तथा कार्यक्रम ल्याएको छ । प्रदेशसभामा शनिबार प्रदेश प्रमुख धर्मनाथ यादवले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कोरोनाका कारण बजेटको स्वरुप नै परिवर्तन गनुपर्ने बताए ।
प्रदेश प्रमुख यादवले प्रस्तुत गरेको निति तथा कार्यक्रममा कोरोनाको कारण आगामी दिनमा पर्नसक्ने असरलाई कम गर्ने उद्देश्यका साथ कृषिलाई उच्च प्राथमिकतामा राखिएको छ । कोरोना संक्रमणको कहर अनुमान गर्न नसकिने भन्दै सहज स्थिति हुनासाथ प्रदेशको तीव्र आर्थिक विकास गर्ने गरि सरकारले कामहरु अघि बढाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । अत्यावश्यक वाहेक अन्य विकास निर्माणका नयाँ योजना यो वर्ष थपिएको छैन । नियमित आम्दानी हुने र नाफामूलूक क्षेत्रमा लगानी गरिने उल्लेख छ । ‘स्वदेशी श्रम स्वदेशमै पसिना’ तथा कृषिको उत्पादन वृद्धिको लक्ष्य नीति तथा कार्यक्रमले लिएको छ । कृषि उत्पादकत्व र किसानको आयमा वृद्धि गर्ने गरी स्मार्ट कृषि गाउँ कार्यक्रमलाई सबै स्थानीय तहमा विस्तार गरिने उल्लेख छ । ‘गरौ व्यवसायिक कृषि, यसबाट शुरु हुन्छ प्रदेशको समृद्धि’ भन्ने नाराका साथ कृषि मार्फत रोजगारी सृजना गर्ने नीति प्रदेश सरकारले लिएको छ । रुकुमलाई अर्गा्निक जिल्ला घोषणा गरिने सरकारले योजना लिएको छ । कृषि पेसालाई सम्मानजनक बनाउन किसानलाई सम्मान गरिने तथा पूर्णकालिन किसानको पहिचान गरि परिचयपत्र दिएर सहुलियत दिइने पनि प्रदेश प्रमुख यादवले उल्लेख गरे । प्रदेश ५ का सबै काठका पोल हटाइनेछ । यस्तै गुल्मीको रेसुङ्गा क्षेत्रमा पर्यटन ब्यवसायलाई बृद्धि गर्ने जनाइएको छ ।