जेठ ११
गुल्मी
कोरोनाका कारण नेपालमा मृत्यु हुने तेस्रो व्यक्ति गुल्मीका शिक्षकको दोस्रो परीक्षणमा पनि कोरोना पुष्टि भएको छ।
बुटवलको क्रिमसन अस्पतालमा उपचार गराएका उनको यसअघिको रिपोर्टमा पनि कोरोना नै देखिएको थियो। त्यसपछि थप पुष्टि गर्नका लागि दोहोर्याएर गरिएको परीक्षणको रिपोर्टमा पनि कोरोना पोजिटिभ नै देखिएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख डा. राजेन्द्र गिरीले बताए। दोश्रो परीक्षणका लागि बुधबार नमूना लिइएको थियो। अवस्था गम्भीर भएपछि उनको केहि दिनदेखि भेन्टिलेटरमा राखि उपचार गरिएको थियो। उनको बिहीबार मृत्यु भएको हो।मृतकका आफन्तले उनको अस्पतालले दिएको मृत्युको कारणमा चित्त नबुझाई प्रष्ट कारण बताउन माग गरिरहेका थिए। यस्तै मदानेकै संक्रमितका परिवार, उपचारमा संलग्न स्वास्थ्यकर्मी र आफन्त २५ जनाको पिसिआर रिर्पोट नेगेटिभ आएको छ । अझै पाँच जनाको रिर्पोट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयका प्रमुख डाटर भवानी शर्माले जानकारी दिए ।
कोरोना संक्रमित शिक्षको उपचारमा संलग्न डाक्टर, नर्स, आफन्त र एम्बुलेन्स चालकसहित २९ जना सबैको पीसीआर टेस्टको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको यसअघि अर्घाखाँचीको सन्धिखर्कको छाया पोलिक्लिनिकमा उनको उपचारमा संलग्न चिकित्सक र नर्ससहित १० जनाको रिपोर्ट पनि नेगेटिभ आएको थियो । जेठ १ गते क्रिमसन अस्पतालमा भर्ना भएका उनमा जेठ ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।