घनश्याम पौडेल
जेठ २२, अर्घाखाँची -अर्घाखाँची जिल्लामा कोरोना संक्रमितको संख्या ४ पुगेको छ । जसमा एकजनाको मृत्यु भईसकेको छ । शितगंगा नगरपालिकाको एक जनामा कोरोना देखिएसँगै तिन जनामा कोरोना देखिएको हो ।शितगंगा नगरपालिकाको वडा नं। ५ का एक जनामा कोरोना पोजेटिभ देखिएको हो । उनी भारतबाट आएका हुन । २१ दिन क्वारेन्टाईनमा बसेपछि उनको पिसीआर जाचँ गरिएको थियो ।वर्ष ३६ का कोरोना संक्रमित युवा रहेको अर्घाखाँची अस्पतालका प्रमुख डा। कपिल गौतमले हिन्दुखबर डटकमलाई बताउँनुभयो ।संक्रमित युवालाई उपचारका लागी सन्धिखर्क हटारीको आईशोलेसनमा ल्याउँने तयारी भएको र बेलुकासम्म ल्याईनेछ ।यसअघि अर्घाखाँचीको पाणिनी गाउँपालिकाको वडा नं। ८ पालीको कमला माविमा रहेका दुई जनामा कोरोना देखिएको हो ।उनीहरुको सन्धिखर्क स्थित हटारीको आईशोलेसनमा उपचार भईरहेको छ । उनीहरुको स्वास्थ्य सामान्य रहेको स्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ ।यसअघि कोरोना देखिएका अर्घाखाँचीको भुमिकास्थानका एक युवाको भारतबाट आउँदै गर्दा मृत्यु भएको थियो उनको कोरोना परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो । योसँगै अर्घाखाँचीमा ४ जना संक्रमित मध्ये ३ जना उपचाररत र १ जनाको मृत्यु भएको हो ।