जेठ २३
गुल्मीमा एक जना क्वारेन्टाइनबाट फरार भएका छन् । जिल्लाको मालिका गाँउपालिका वडा नम्बर ८ स्थित मालिका माविको क्वारेन्टाइनबाट साथीको पैसा र मोबाईल चोरेर मालिका गाँउपालिका वडा नम्बर ७ घमिर भनेर बसेका २२ वर्षिय राजेन्द्र परियार फरार भएको वडा अध्यक्ष टीका जिसीले जानकारी दिए ।
उनी १२ दिन अघि भारतको पञ्जाबबाट आएर क्वारेन्टाइनमा बसेको बताइएको छ । उनीसंगै क्वारेन्टाइनमा बसेका वडा नम्बर ५ छापहिलेका १ जनाको मोबाईल र वडा नम्बर दुईका एक जनाको १० हजार पैसा चोरेर फरार भएको बताइएको छ । परियारको खोजी कार्य भइरहेको साथै सबै वडा तथा प्रहरी चौकीमा जानकारी गराइएको वडा अध्यक्ष टीका जिसीले बताए । क्वारेन्टाइनमा उनीसँगै बस्नेले बताए अनुसार चालचलन अलि ठिक नभएका उनले क्वारेन्टाइनमा बस्दा ठेगाना मालिका गाउँपालिका ७ घमिरको टिपाए पनि अन्यत्र समेत बस्ने गरेका थिए ।