जेठ २३
प्रतिनिधिसभाको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले तरकारी र फलफूल नष्ट गर्नेलाई कारबाही गर्न निर्देशन दिएको छ ।
बिहीबार बसेको समितिको बैठकले किसानले उत्पादन गरेका फलफूल र तरकारीको निर्वाध ओसारपसार गर्न सक्ने व्यवस्था गर्न तथा नष्ट गर्नेलाई कारबाही गर्न पनि गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।
यस्तै महामारीका बेला खाद्यवस्तुमा अखाद्य पदार्थ मिसावट हुने भएकाले त्यो रोक्न तथा खाद्यान्न संचित गरी अभाव हुन नदिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ ।
कोरोनाको महामारीमा परेका किसानलाई राहत तथा क्षतिपूर्ति दिन, कृषि उत्पादनको उचित बजार मूल्य निर्धारण गर्न, कृषि उपजहरुको सहज वितरणको व्यवस्था गर्न कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई बैठकले निर्देशन दिएको छ ।