गुल्मी
जेठ २४ – गुल्मीको धुर्कोट गाउपालीका वडा नम्बर १ र ७ को क्वारेन्टाइनमा रहेकाहरुलाई मनोसामाजीक प्रशिक्षण दिइएको छ ।नेपाल रेडक्रस सोसाइटी र धुर्कोट गाउपालीका गुल्मीको संयुक्त आयोजनामा क्वारेन्टाइनमा रहेकाहरुलाई शुक्रबार मनोसामाजीक प्रशिक्षण दिइएको हो ।वडा नम्बर १ नयागाउको क्वारेन्टाइनमा रहेका ११३ जनालाई वडाअध्यक्ष कमल थापा, नयागाउा माध्यमिक बिद्यालयमा शिक्षक नायक किरण पोखे्रल र बिष्णु कँडेलले प्रशिक्षण दिनुभएको थियो ।यस्तै वडा नम्बर ७ वाग्लाको क्वारेन्टाइनमा रहेकाहरुलाई पनि मनोसामाजीक प्रशिक्षण दिइएको छ ।सरस्वती प्राथमिक बिद्यालयको क्वारेन्टाइनमा रहेका १३ जना र वाग्ला माध्यमिक बिद्यालयको क्वोन्टाइनमा रहेका ३४ जनालाई मनोसामाजीक परामर्श दिइएको हो ।वाग्लामा रहेका ५ वटा क्वारेन्टाइन मध्ये २ वटा क्वारेन्टाइनमा रहेकाहरुलाई परामर्श दिइएको छ ।नेपाल रेडक्रस सोसाइटी र धुर्कोट गाउपालीकाको संयुक्त आयोजनामा तयार गरिएको आपतकालीन स्वास्थ्य प्रतिकार योजना २०७५ अनुसार प्रशिक्षण दिइएको हो ।समुदायमा आधारीत मनोसामाजीक सहयोग सम्बन्धी प्रशिक्षण लिनुभएका भेषराज खनाल र चिन्तामणि पौडेलले सामाजिक दुरी राख्दै कोरोना भाइरस कोभिड १९ को रोकथाम गर्न मनोसामाजीक सहयोग प्रशिक्षण दिनुभएको हो ।