गुल्मी,
जेठ २४- स्वच्छ वायु स्वस्थ जिवन भन्ने मुल नारामा साथ छल्दी युवा क्लवले बिश्व बातावरण दिबस मनाएको छ ।
धुर्कोट गाउपालीका वडा नम्बर ५ वस्तुका बिभिन्न स्थानमा वातावरण सरसफाई सम्वन्धी बिभिन्न जनचेतना फैलाउने पर्चा पम्प्लेट टासी छल्दी युवा क्लवल बिश्व बातावरण दिबस मनाएको हो । कोरोना भाइरसको कारण औपचारीक रुपमा कार्यक्रम गर्न नपाएपनि क्लबले जनचेतना फैलाउने काम गरेको क्लवका अध्यक्ष सुवास पाण्डेले जानकारी दिनुभयो ।यस्तै सुरक्षित जीबनका लागि जैबिक बिबिधता भन्ने नाराका साथ गुल्मीमा बिश्व बातावरण दिबस मनाइएको छ । जिल्ला कृषि ज्ञानकेन्द्र गुल्मीको आयोजनामा रेसुंगा नगरपालिका वडा नं ९ को उपल्लो तम्घासमा रहेको बालउद्यानमा बिभिन्न प्रजातीका १२ वटा बिरुवाहरु रोपण गरी मनाइएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख बुद्धिराज घिमिरेले जानकारी दिए । बिरुवा रोपणमा रेसुंगा नगरपालिका वडा नं ९ का वडा अध्यक्ष नारायण बराल लगायत स्थानीयहरुको सहभागीता रहेको थियो । यस बर्ष कोलम्बो देशको आयोजनामा बिश्व वातावरण दिबस मनाइएको हो । प्रत्येक बर्ष फरक फरक देशहरुको आयोजनामा यो दिबस मनाउने गरिएको छ ।