गोबिन्द भुसाल
गुल्मी, जेठ २४ – गुल्मीको मदाने गाउँपालिका वार्ड नम्बर २ बाझकटेरीमा बनाइएको बाझकटेरी मा. वि. को क्वारेन्टाइनबाट शुक्रबार १३ जनाको आर.डि.टि परिक्षण गरिएको छ । कोरोना परिक्षण गर्दा नेगेटिभ आए पछि उनिहरुलाई घर पठाइएको मदाने २ का वार्ड अध्यक्ष माधव भुसालले जानकारी दिनुभया े। यसैबीच शुक्रबार घर पठाइएका सबै जनाको घरपरिवारलाई सम्पर्क गरि ७ दिन होम क्वारेन्टाइनमा राख्न भनेको समेत अध्यक्ष भुसालले बताउनुभया े। त्यस्तै १४ दिन पूरा भएको र आरडिटि परिक्षण गर्दा नेगेटिभ र अन्य कुनै पनि लक्षण नदेखिएको हुनाले १३ जनालाई घर पठाइएको बाझकटेरी स्वास्थ चौकिका इन्चार्ज घन बहादुर थापा मगरले जानकारी दिनुभएको छ ।