गुल्मी
जेठ २४ – गुल्मीमा दुई जनामा डेङ्गु भेटिएको छ ।
जिल्लाको सत्यवती गाउँपालिकामा एक जना महिला तथा एक जना पुरुषमा डेङ्गु भेटिएको हो । गाउँपालिका स्थित जोहाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य ज्वरोको उपचार गर्न आएका १४ वर्षीय पुरुष र ५१ वर्षिया महिलामा डेङ्गु भेटिएको जोहाङ प्राथमिक स्वास्थ्य केन्द्रकी प्रमुख डाक्टर शिला ढकालले बताइन् । उनिहरु सत्यवती गाउँपालिकाका वडा नम्बर ५ र ६ का नागरिक रहेको डाक्टर ढकालले उल्लेख गरेकी छन् । उनिहरुमा ज्वरो देखिएपछि डेङ्गुको शंका लागेर डेङ्गुको परिक्षण गर्दा डेङ्गु भेटिएको हो । उनिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने जोहाङ प्राथमिक स्वास्थ्य केन्द्रमै उपचार भइरहेको छ ।