घनश्याम पौडेल
अर्घाखाँची ,जेठ २४-अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर ६ धातिवाङको धातिवाङ माविमा रहेको क्वारेन्टाईनमा रहेका एकजनामा आरडिटी पोजेटिभ देखिएको हो ।२५ जनाको आरडिटी गरिएकोमा १ जनाको पोजेटिभ आएको वडा अध्यक्ष शुभबहादुर सारुले जानकारी दिनुभयो । आज नै पाणिनीको वडा नम्बर ८ पालीमा गरिएको आरडिटी परिक्षणमा ३ जनाको पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरिक्षक गणेश पौडेलले जानकारी दिनुभयो ।पाणिनी गाउँपालिकाको नै अडगुरीमा रहेको क्वारेन्टाईनमा रहेका १ जनाको आरडिटी पोजेटिभ देखिएको वडा अध्यक्ष गुनाखर अधिकारीले जानकारी दिनुभयो । आरडिटी पोजेटिभ आएकाको पिसीआर परिक्षणका लागी नमुना संकलन गरिएको छ ।