जेठ २४,
अर्घाखाँची – अर्घाखाँची जिल्लाको शितगंगामा ट्याक्टरले किच्दा एकजनाको मृत्यु भएको छ।
बालुवा झारेर अमराई जाँदै गरेको लु३त ४३७३ नम्बरको ट्याक्टरले किचेर शितगंगा ४ गोर्थुमका ४२ वर्षीय रामु विकको मृत्यु भएको हो। अगाडि बसेर यात्रा गरेका बिकको काँधमा राखेको सर्ट एक्कासि गुडिरहेको ट्याक्टरको ठुलो टायरमा खसेपछि सर्ट टिप्न खोज्दा चिप्लिएर टायरमुनि उनी बेरिन पुगेका थिए। शुक्रबार दिउँसो ठाडा बर्बोटनजिकै घुम्टीमा भएको दुर्घटनामा घाइते भएका विकको ठाडा प्राथमिक स्वास्थकेन्द्रमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल रेफर गरिएको थियो। उपचारको क्रममा राति नै विकको बुटवल चौराहा अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिए। मृतक बिकको ३ छोरी २ छोरा रहेका छन् भने श्रीमती घरमा नभएको बताइएको छ। चालक र ट्याक्टर इलाका प्रहरी कार्यालय ठाडाको नियन्त्रणमा लिएको छ।