सुरेश थापा
गुल्मी, जेठ २४- गुल्मीको सत्यवती गाउपालीकामा पहिलो पटक आरडिटि पोजेटिभ देखिएको छ । शनिबार सम्म ३५ जनाको आरडिटि परिक्षण गरिकोमा १ जनामा आरडिटि पोजेटिभ देखिएको हो । अहिलेसम्म भारतबाट आएका ३ जना र नेपालभित्रबाट आएका ३२ जनाको आरडिटि परिक्षण गरिएको थियो । भारतको मुम्वइबाट आएका सत्यवती गाउपालिका वडा नम्बर ६ निवासी २८ वर्षिय पुरुषमा आरडिटि पोजटिभ देखिएको सत्यवति गाउपालीका स्वास्थ्य शाखा प्रमुख शुर्य बहादुर रानाले जानकारी दिनुभयो । सत्यवति गाउपालीकामा शनिबारसम्म २२६ जना व्यक्ति क्वारेन्टाइनमा छन । ४२ ठाउमा क्वारेन्टाइन बनाइएको छ । ३५ ठाउका क्वारेन्टाइनमा उनिहरुलाई राखिएको छ ।