कृष्ण अन्जान
जेठ २५
साँझ नपर्दै मृग र चौवडा बारिमा सँसाझै गोठमा बाघ र एकाविहानै मकै बारीमा बाँदर ढेडुव यहि हो रुरु छेत्र गाउँपालिका थोर्गा भट्कुवा गाउँका किसान हरुले भोगि रहेको नियति । मकै चारपाते भएका छैनन बाँदरले मकै च्यातेर गुवो खाने गरेको रुरु १ च्यूरेककी यमकला गेवालीले बाँदरले खाएका मकैका बिरुवा देखाउँदै भन्नु भयो । बारिका मकै मात्र होइन घरबाट मकै झीकेर पटक पटक खाने गरेको छ मकै सँगै बारिमा लगाएका तरकारि काँक्रा लगाएतका उत्पादन खाएर बाँदर ढेडुवाले हैरान पारेका छन । ससाना विरुवा नोक्सान गरेर यो हाल छ पाक्ने बेला सम्म के होला रुरु १च्यूरेक कि शान्ति गेवाली ले भन्नु भयो । हुनपनि अचम्म.छ साँझ नपर्दै त्यहि बारिमा मृगले लगाएका बोडि सिमीका झाल हरु खाएर हैरान सँगसँगै बन खरायो त्यहि बारि झिरेलि खेल्छन दिउसोमा त्यहि बारिमा मकै चेत्न आउँछन बाँदर ढेडुवा किसानले उत्पादन कसरि जेगाउने यहि पिरलो छ रुरु ३ कृषक विष्णु गेवालीको गुनासो छ ।
यो पिडा थानपति च्यूरेक रिडी भट्कुवा जताततै ऊस्तै छ आँखा चिम्म गर्नु हुन्न बाँदर ढेडुवा बारिमा पसेर सर्वनाश गरि सक्छ रुरु ३ रातामाटाका महेन्द्र राणाले बताउनु भयो । हिउँद वर्षा जँगलि जनावरको आतँक छ पछिल्लो पटक त बाँदर ढेडुवाले मान्छेलाइ नै आक्रमण गर्न थालेको च्यूरेकका किसान हरुले सुनाउँछन । बाँदर ढेडुवा आतँकबाट बच्न च्यूरेकमा बारिमा पुतलि बाघ राख्ने गरिएको छ केहि समय यस्ता बाघसँग बाँदर ढेडुवा डराएपनि आजभोलि डराउन छाडेको र उल्टै पुतलि बाघका जूगा उखेल्न थालेको रुरु १ का किसान मित्र गेवाली बताउनु हुन्छ । गाउँ वरपरीको जमिन डम्म रुखले ढाकेको छ र जति जँगल बढ्छ उति जँगलि जनावर वढ्ने गर्छन र यतिवेला यहाँ त्यस्तै भएको छ ।पछिल्लो चरणमा यसछेत्रमा बाघको आतँक देखिएको छ पछिल्लो एक हप्तामा मात्र रुरु १ च्यूरेकको स्याल पोखरी र ठाडाबाटामा गोठबाट थुतेर तिनवटा बोका खाइसकेको छ राज्यले उत्पादन बढाउन पशुपालन गरेर आय आर्जनमा लाग्न किसानलाइ भनि रहँदा किसानहरुलाइ भने जँगली जनावर ले तनाव दिइरहेको रुरुबाट सहकर्मी कृष्ण अन्जानले समाचार पठाउनु भएको छ ।