जेठ २६
चन्द्रकोटमा प्रधानमन्त्री रोजगार कार्यक्रम
नेपालमा कोरोनाका कारण लकडाउनको आज ७६ औ दिन हो । यस समयमा गरि खाने बर्गलाई निकै मारमा पारेको छ । केही समय अघि गुल्मीका १२ बटै स्थानिय तहले राहत पनि बितरण गरे । तर त्यो राहातले धेरै थेक्न सक्ने अवस्था नै थिएन । त्यसैले त अहिले राहात दिनुपर्ने घरपरिवारको लागी काम दिन थालिएको छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम मार्फत उनिहरुलाई रोगगारी दिईएको छ । यसरी काम गरेर खाना पाउदा उनिहरु प्नि खुशी छन । यस्तै जिल्लाको चन्द्रकोट गाउँपालिकाले पनि प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत राहात दिनुपर्नेलाई काम दिईको गाउँपालिकाका अध्यक्ष द्रोण खत्रीले बताउनुभयो । उहाँले भन्नुभयो हामीले राहात दिदाँ सिमित बस्तु दिन्छौ तर उहाँहरुको आवश्यकता असिमित हुन्छन । यदि हामीले उहाँहरुलाई काम दियौ भने पैशाले आफुलाई आवश्यक पर्ने हरेक बस्तुहरु किन्न सक्नुहुन्छ अध्यक्ष खत्रीले भन्नुभयो । अन्य स्थानिय तहले बिकाश निमार्णसंगै बाटोमा काम लगाएका छन । तर चन्द्रकोट गाउँपालिकाले भने यसरी काम गर्नेहरुको लागी एउटा बिद्यालय भवन नै निमार्ण गर्न लागेका छ । चन्द्रकोट गाउँपालिकाको वडा नम्बर ८ किसिकोटमा रहेको श्री किसिकोट प्राथमिक बिद्यालयमा एक कोठा भवनको अभावको महशुस गरि उनिहरुलाई त्यहाँ काममा लगाईएको गाउँपालिका उपाध्यक्ष राधिका अर्यालले बताउनुभयो । समान काममा समान ज्याला पाउदाँ काम गर्ने महिलाहरु पनि उत्साहित छन । यसरी खटेर काम गर्नेहरुमा पनि महिलाहरु नै धेरै रहेको देबि केसीले बताउनुभयो । जम्मा ९ जना मध्ये ७ जना महिलाहरुले उक्त प्रधानमन्त्री रोजगार कार्यक्रममा काम गदै आएका छन भने ३ जना पुरुष रहेको छन ।