जेठ २६
कृषि प्रदान देश नेपालमा यतिबेला सामान्यतया मकै खेती भईरहेको छ । पहाडि क्षेत्रका किसानको मुख्य बाली मकैमा अमेरिकन फौजी र गबारो किराले समस्या दिईरहेको छ । मकैको फेदमा गबारो किराले बिरुवा खाईरहेको हुन्छ भने गुबोमा फौजी किराले । अर्घाखाँचीको मालारानी गाउँपालिका २ पटौटीकी ३४ वर्षिय गोमा खत्रीले १३ रोपनीमा लगाएको मकैमा फौजी र गबारो किराले सखाप परेपछि चिन्तित छिन् ।
जरा र गुवा खाने किरा थाहा भएपनि पात खाने किराको बारेमा थाहा नपाएको उनको गुनासो छ । शिव प्रगतीशिल महिला कृषि सहकारीवाट अन्नपूर्ण बीउ उत्पादन समुहमार्फत ५० प्रतिशत अनुुदानमा ‘मनकामना सेतो’ जातको मकै लगाएकी उनी अहिले लगाएको लगानी खेर जाने त्रासमा रहेको बताउँछीन् ।
उनले भनिन्‘अज्ञात किराले मकै खाएर सखाप पारेको छ, फेद, गुबो र पातमा धेरै नोक्सानी गरेको छ ।’आफुहरुलाई कृषि प्राविधिकबारे पनि जानकारी नभएकोले थप समस्या परेको गुनासो उनको छ ।
मालारानी १ का गोबिन्द जिसी पनि ९ रोपनी बारीमा मकैमा किरा लाग्दा चिन्तित रहेका छन् । कोरोनाको कारणले लकडाउन भएको र बिषाद् िखरिद गर्न नपाएको उनको गुनासो छ । यतिवेला मकै किसानहरुलाई बर्खे बाली खेर जाने हो कि भन्ने त्रास रहिआएको छ । उनीहरुले किरा मार्ने विषाधी ल्याउन स्थानीय तहले सहयोग गर्नुपर्ने माग गरेका छन् ।