रुरुक्षेत्र गाउँपालिका गुल्मी
कृष्ण अन्जान
जेठ २८
कोभिड १९ को सँक्रमणबाट बच्न सरकारले गरेको लकडाउनको करिव ढाइ महिना पुरा भएको छ । यि महिनाहरु एकातिर कोरोनाको त्रासले मनिसहरु त्रसित छन भने अर्काे तर्फ व्यापार व्यवसायमा सँकट र रोजगार गुमाउनेहरु पनि धेरै छन ।भारतमा रोजिरोटिका लागि गएका हरु गाउँ फर्कनेको लर्काे छ र त्यहि लर्काेले देश भरिका स्थानिय निकएमा निर्माण गरिएका क्वारेन्टाइन भरिएका छन । गुल्मी जिल्लामा पनि २ वटा नगरपालिका र १० वटा गाउँपालिकामा रहेका क्वारेन्टाइन भरिएका छन र जन प्रतिनिधिहरुलाइ कसरि व्यवस्थापन गराउने भन्ने चिन्ता उस्तै छ । क्वारेन्टाइनमा खाने वस्ने व्यवस्था सँगै स्वास्थ चेकजाँचका लागि निरन्तर खटेका जनप्रतिनिधिहरुलाइ ति रोजिरोटि गुमाएका हरुका लागि पुनर्स्थापन र रोजगारि को व्यवस्था अर्काे चूनौति हुने रुरु गाउँ पालिकाका अध्यक्ष निलकण्ठ गौतमको धारणा छ । हुन पनि सबै क्षेत्रमा उस्तै पिरलो, वुटवलमा सानो किरना पसल गरेर जिविका चलाइ रहनु भएका रुरु १ च्यूेरेकका बसन्त गेवाली ३ महिना देखि परिवार सहित गाउँमा हुनुहुन्छ । तिन महिनादेखि पसल बन्द छ, मासिक १५ हजार भाडा वत्ति बिजुलि पानि तिरेर छोराछोरी पढाउने चार जनाको परिवार पाल्ने माध्यम त्यहि किराना पसल हो र त्यहि पसल बन्द भएपछि भाडा कसरि तिर्ने र फेरि पसलमा लगानी कसरि गर्ने अनेकौँ आर्थिक सँकट कसरि टार्ने चिन्ताले बसन्तको मन पोलेको छ ।
एकातिर कारोना सँक्रमणको त्रास र अर्काे तर्फ रोजिरोटीको माध्यम सानैभएपनि व्यवसाय को चीन्ता ज्यान यता छ मन उता छ कसरि घरभाडा तिर्ने कसरि कर तिर्ने मन पोल्छ वसन्त ले पिडा पोख्नु भयो । बसन्त गेवाली त एक जना प्रतिनिधि पात्र हुनुहुन्छ तर यतिवेला रुरुक्षेत्रमा शहरबाट पसल व्यवसाय रोजगार छाडेर आएका सयौँ व्यक्तिहरु छन । ऊनिहरु लाइ अव कसरि पुनर्स्थापित हुने भन्ने चिन्ता छ । व्यवसायमा लागानि गरेका हरुका लगानि डुबेको छ भने रोजगारि गुमाएका हरुको आफ्नै पिडामा रहेको रुरुबाट कृष्ण अन्जानले समाचार पठाउनु भएको छ ।