कमल राज पुरी
जेठ ३०, गुल्मी – गुल्मीको मदाने गाउपालिका वडा नम्बर २ को क्वारेन्टाइनमा खानाको विषयमा अनावश्यक भ्रम छरेको वडाध्यक्ष माधव भुसालले बताएका छन ।
केही दिन अगाडि बाट सामाजिक सञ्जाल फेसबुकमा गुल्मीको मदाने गाउपालिका २ भेडिखोर निमावि मा रहेको क्वारेन्टाईनमा खुवाइरहेको खाना भनेर केही तस्विरहरु राखिएको थियो । तर प्रचार भएको भन्दा वास्तविक्ता फरक रहेको र प्रचार भएको विषयमा कुनै सत्यता नभई अनावश्यक भ्रम छरेको वडाध्यक्ष भुसालले जानकारी दिए ।साथै उनले भने “क्वारेन्टाइनमा रहेका ब्यक्तिहरुलाइ बिहान बेलुका दाल,भात, तरकारी र दिउसोमा नास्ता चना दिएको छ । उक्त क्वारेन्टाइनमा बस्ने एक जनाले खाना खाएर हात धोएपछी फोटो खिचेर क्वारेन्टाइनमाखुवाइएको खाना भनी साथीलाई पठाएछन र साथीले फेसबुकमा हालेका रहेछन ।”बुधवार वडा अध्यक्ष, वडाका कर्मचारी , फोटो पठाउने ब्यक्ति र अन्य सम्बन्धित ब्यक्तिहरुको उपस्थितीमा यस विषयमा छलफल भएको थियो ।फोटो खिचेर पठाउने व्यक्तिले हाँसो मजाकमा फोटो खिचेर पठाउदा यस्तो गल्ती भएको भन्दै माफी मागेको बताइएको छ । स्थानिय एक युवाले राखेको पोष्टमा त्यहि वडाका एक कर्मचारीले “भारतमा बासी रोटी खानेलाई आफ्नो देशको दाल भात नपचेको” भन्दै कमेन्ट गरेका थिए यस विषयमा पनि समीक्षा भएको वडा अध्यक्ष भुसालले जानकारी दिए ।उक्त क्वारेन्टाइनमा अहिले छिमेकी देश भारतबाट आएका १२ जना ब्यक्तिहरु रहेको छन ।