गुल्मी
जेठ ३० – नयाँगाउँ माध्यमिक बिद्यालय धुर्कोट गाउपालीका वडा नम्बर १ नयाँगाउँ गुल्मीले शैक्षिकसत्र २०७७ का कक्षा १ देखि ५ सम्मका बिद्यार्थी लाई पाठ्यपुस्तक र पाठ्यसामाग्री बितरण गरेको छ । सामाजिक दुरिलाइ ध्यानमा राखी कोरोना सङ्क्रमण बाट जोगिन प्रशिक्षण गरि घरमा बसेर स्व अध्ययन गर्न सल्लाह दिदै पुस्तकका साथै कपि पेन्सिल र कलम बितरण गरिएको हो । यस्तै भोली जेठ ३१ गते कक्षा ६ देखि ८ सम्मको र पर्सि जेठ ३२ गते ९ र १० को बिद्यार्थिलाई पाठ्यपुस्तक र पाठ्यसामाग्री बितरण गरिने त्यहाबाट शिक्षक बिष्णु कँडेलले जानकारी दिनुभएको छ । बिद्यार्थिहरुलाई गृहकार्य दिएर सो परिक्षणको लागि घरदैलो कार्यक्रम गरिने समेत उहाले जानकारी दिनुभयो ।