स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा चार सय २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ
मन्त्रालयका अनुसार अहिलेसम्म एक लाख ३३ हजार तीन सय ७७ जनाको पीसीआर र दुई लाख १० हजार सात सय २१ जनाको आरडीटी विधिमार्फत परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ८९ जनाको पीसीआर विधिमार्फत र २० हजार आठ सय जनाको आरडीटी विधिमार्फत परिक्षण भएको हो ।
त्यस्तै नेपालमा कोरोना सङ्क्रमणमुक्त भएर डिस्चार्ज हुनेको सङ्ख्या साढे नौ सय नाघेको छ । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या ६१ रहेको छ ।
योसँगै नेपालमा कोरोनाबाट निको भएर डिस्चार्ज हुनेको सङ्ख्या ९ सय ७४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।